Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवर्द्धनको लागि मिस नेपाल वर्ल्ड–२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दि हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरूमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशीलाई नियुक्त गरिएको बताए । सो कार्यक्रममा दि हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै संस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

सो कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशीले आफू इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सुस्मिता वैद्यले गरेकी थिइन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, विभागीय प्रमुखहरू, दि हिडेन ट्रेजरका निर्देशकद्वय सुवर्ण क्षेत्री प्रमोद कंसकार, मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०२२ डा. सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल–२०२२ न्यान्सी खड्कालगायत बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लामा दुई सय ५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x