तटीय जंगलको संरक्षण गर्न ७० लाख रुख रोप्दै मलेसिया
क्वालालम्पुर । मलेसियामा समुद्री दलदलयुक्त वन र पारिस्थितिकीय प्रणाली संरक्षणको प्रयासस्वरुप ७० लाखभन्दा बढी म्यानग्रोभ रूखहरू रोप्न लागिएको छ ।
सिन्ह्वाका अनुसार यो कदमले तटीय क्षेत्रहरूमा द्रुतरूपमा जारी विकासको प्रभावलाई कम गर्न र तटीय क्षेत्रको छेउमा बसोबास गर्ने समुदायहरूको सुरक्षा गर्न महत्वपूर्ण सहयोग पु¥याउने ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री तकीयुद्दीन हसनले बताएका छन् । म्यान्ग्रोभ इकोसिस्टमको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसमा जारी गरिएको विज्ञप्तिमार्फत उनले यस विषयमा थप प्रकाश पारेका छन् ।
‘देशको समुद्री दलदल वनको संरक्षणको प्रयासमा थुप्रै चुनौतीहरू छन् । मलेसिया द्रुत विकासशील देश हो जहाँ तटीय क्षेत्रहरूमा विकास, जलचर र कृषिको विकास र विस्तार तीव्ररूपमा भइरहेको छ’, उनले भने ।
समुद्री दलदल वन क्षेत्रको क्षतिले स्थानीय समुदायको जनजीवनमा प्रत्यक्ष असर मात्र गर्दैन त्यसले हानीकारक कार्बन सोस्ने लगायात अन्य थुप्रै किसिमका कामहरुमा असरहरू गर्ने गर्दछ, विज्ञयप्तिमा भनिएको छ ।
गत जुन ३० सम्ममा तीन हजार दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । साथै सरकारले तटीय वन स्रोतको सफल उपयोग, संरक्षण र व्यवस्थापनका लागि दोस्रो राष्ट्रिय तटीय क्षेत्र भौतिक योजना कार्यान्वयन गरिरहेको समेत मन्त्री तकियाउद्दीनले बताएका छन् । ‘तटीय दलदलयुक्त वनहरूले तटीय क्षेत्रहरूलाई कटानबाट जोगाउने, तीव्र हावा र समुद्री छालहरूको प्रभावबाट जोगाउने र स्थानीयहरूका लागि आम्दानीको राम्रो स्रोतको रूपमा समुद्री जीवनको प्रसारको लागि उपयुक्त पारिस्थितिकी प्रणाली प्रदान गर्न लगायतको बफर जोनको रूपमा समेत ठूलो भूमिका खेल्छ’, उनले भने ।
त्यसैगरी सरकारले समग्र समाजको दृष्टिकोण राख्दै विभिन्न नागरिक समाज र स्थानीय समुदायसँग घनिष्ट सहकार्य गर्नुका साथै सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूलाई परिचालन गरी काम गरिरहेको पनि मन्त्रीले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
- साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
- अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
- प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- सामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया