Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधनी राष्ट्रमाझ बेलायतको आर्थिक वृद्धि सबैभन्दा सुस्त

धनी राष्ट्रमाझ बेलायतको आर्थिक वृद्धि सबैभन्दा सुस्त


लण्डन । सातवता सबल अर्थतन्त्र भएको देशहरुको समूह जी७ माझ बेलायतको आर्थिक वृद्धिदर सबैभन्दा सुस्त हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले चेतावनी दिँदै बेलायतको अर्थतन्त्र सुस्त हुने बताएको हो ।

कोषका अनुसार बेलायतको अर्थतन्त्र सन् २०२३ मा शून्य दशमलव पाँच प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण छ । जुन गत अप्रिलमा उसैले गरेको पूर्वानुमानभन्दा कम हो । अप्रिलमा कोषले यस्तो अनुमान १.२ प्रतिशतले वृद्धि हुने गरेको थियो ।

त्यसो त सन् २०२० यता विश्व अर्थतन्त्र पहिलोपटक संकुचित भएको कोषले जनाएको छ । यसमा रुसले युक्रेनविरुद्ध देखाएको दादागिरी र कोभिड १९ मुख्य कारण रहेको पनि औँल्याइएको छ । आईएमएफले विश्व वृद्धिदर सन् २०२२ मा कटौती गर्दै मात्र ३.२ प्रतिशत हुने जनाएको छ । यसमा थप बिग्रिँदो अवस्था रहेको पनि उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा हुँदै गएको सुस्ततामा कोषले महंगीलाई पनि कारण मानेको छ । खासगरी घरपरिवारको जीवनयापन लागत वृद्धि र नीतिनिर्माताले गरेको ब्याजदर वृद्धिले पनि यसमा योगदान मिलेको उल्लेख गरिएको छ । जुलाईसम्मको तीन महिनामा पनि विश्व अर्थतन्त्रमा संकुचन देखिएको थियो । जुन कोषले भनेअनुसार कोभिड महामारीपछिको पहिलो संकुचन हो ।

जी७ मा भएका क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र बेलायत राष्ट्रहरुमा त आर्थिक मन्दीको उत्तिकै सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।

कोषका अनुसार विकसित अर्थतन्त्रमा महंगी ६.६ प्रतिशतसम्म पुग्न सक्नेछ । त्यस्तै उदाउँदो अर्थतन्त्रमा ९.५ प्रतिशत र विकासोन्मुख अर्थतन्त्रमा शतप्रतिशतले बढ्नसक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x