Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो


काठमाडौं । बाध्यात्मक रोजगारी बनेको वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा अत्यधिक वृद्धि भएको छ । कोरोना महामारीका कारण गन्तव्य मुलुकहरुमा लगाइएको बन्देज तथा अन्तर्राष्ट्रिय हवाइ क्षेत्र प्रभावित बन्न पुग्दा युवाहरु विदेश जान सकेका थिएनन् । तर अवस्था सामान्य बन्दै गएसँगै विदेश जाने युवाको संख्यामा वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पछिल्लो दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेश जाने युवाहरुको संख्या अत्यधिक बढेको विभागका अधिकारीहरुको भनाइ छ । गत वर्ष विदेश जाने भन्दै छ लाख जना बढी युवाले श्रम स्वीकृति लिएका छन् । जसमा नयाँ श्रम स्वीकृति लिने तीन लाख ४७ हजार पाँच सय चार जना र पुनः श्रम स्वीकृति लिने छ लाख २८ हजार पाँच सय तीन जना छन् ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या ७२ हजार ८१ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६६ हजार छ सय ९८ जना र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार चार सय ५३ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ६८ हजार चार सय ३३ जना छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार दुई सय ११ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या पाँच लाख आठ हजार आठ सय २८ जना छ । आर्थिक वर्ष २०७४/०७५ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५४ हजार ८२ जना र पनुः श्रम स्वीकृति लिनेको संख्या छ लाख १२ हजार छ सय ८५ जना रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x