Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबजार बढे पनि तीन अर्ब १६ करोडको मात्र सेयर खरिदबिक्री

बजार बढे पनि तीन अर्ब १६ करोडको मात्र सेयर खरिदबिक्री


काठमाडौं । सेयरबजार परिसूचक उकालो लागे पनि कारोबार रकममा भने सुधार हुनसकेको छैन । यसले नेपाली बजारमा पैसाको अभाव रहेको संकेत गर्छ । मंगलबार ४४ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार भने २३ दशमलव ८३ अंकले उकालो लागेर २१ सय ११ दशमलव ९९ विन्दुमा चढेको छ । यद्यपि कारोबार रकममा खासै सुधार आएको छैन ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ अंकले उकालो लागेर चार सय दुई दशमलव ९२ विन्दुमा चढेको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार दुई सय ९७ पटकको कारोबारमा ७५ लाख आठ हजार एक सय ८८ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम तीन अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये एउटा उपसमूहको सूचक ओरालो लागेर बाँकी १२ वटा उपसमूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक शून्य दशमलव ९२ अंकले उकालो लागेर १३ सय ८७ दशमलव ३४ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ५६ अंकले बढेर तीन हजार आठ सय सात दशमलव ११ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ७२ दशमलव ३५ अंकले उकालो लागेर २५ सय १३ विन्दुमा चढेकोमा फाइनान्स उपसमूहको सूचक पनि ७४ दशमलव ७४ अंकले उकालो लागेर १९ सय ११ दशमलव १५ विन्दुमा चढेको छ ।

निर्जीवन बीमा उपसमूहको सूचक पनि ४३ दशमलव आठ अंकले उकालो लागेर आठ हजार तीन सय पाँच दशमलव ६३ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि ३४ दशमलव ७९ अंकले उकालो लागेर नौ हजार नौ सय ३५ दशमलव ४१ विन्दुमा चढेको छ । यीबाहेक होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः २३ दशमलव ८७, १९ दशमलव ६६, ३८ दशमलव ९७, एक सय सात दशमलव ७३, शून्य दशमलव शून्य दुई र शून्य दशमलव ६९ अंकले उकालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ६७ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर तीन सय पाँच रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको कुमारी धनवृद्धि योजनाको प्रतियुनिट सेयर मूल्य भने १० प्रतिशतले घटेर नौ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सानिमा बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव १९ प्रतिशतले घटेर आठ सय २० रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ । यीबाहेक नबिल ब्यालेन्स फण्ड, मञ्जुश्री फाइनान्सको ऋणपत्र आदिको सेयर मूल्य पनि घटेका छन् ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय १६ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ९४ लाख ११ हजार आठ सय आठ रुपैयाँ ३० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ११ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा १२ करोड ३५ लाख ४३ हजार छ सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक गोर्खाज फाइनान्स, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिको पनि बढी रकम कारोबार भएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x