श्रीलंकाको संकटकालीन अवस्थाको घोषणा संसद्बाट अनुमोदन
कोलम्बा । श्रीलंकाको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिंगेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि संकटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ ।
बुधबार भएको मतदानमा एक सय २० सांसद्ले संकटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् । सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिंगेले गरेका थिए ।
उक्त घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलंकाको कानुनी प्रावधान रहेको छ । विक्रमासिंगे २० जुलाईमा भएको संसदीय मतदानबाट श्रीलंकाको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले शपथ लिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया