बाइडेनको दाबी : अमेरिका मन्दीमा जाँदैन
वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकाको अर्थतन्त्र मन्दीमा नजाने दाबी गरेका छन् । उनले अमेरिकाले आर्थिक मन्दी भोग्ने कहिल्यै नसोचेको बताएको एएफपीले जनाएको छ । दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा संकुचन आउने जीडीपी तथ्यांकका बाबजुद बाइडेनले त्यसो नहुने उल्लेख गरेका छन् ।
‘हामी मेरो विचारमा मन्दीमा जानेछैनौँ’, रिपोर्टरहरुसँग उनले भने । उनले रोजगारीको तथ्यांक बलियो रहेको बताउँदै यसको साटो बरु तीव्र वृद्धिदरबाट केही कम हुनसक्ने बताए । त्यसो त धेरै अमेरिकी अधिकारीहरुले मन्दीको डर नकारेका छन् । पछिल्ला तथ्यांकले पनि अमेरिकाको जीडीपी दोस्रो त्रैमासिकमा खुम्चिने देखाएको छ । पहिलो तीन महिनामा १.६ प्रतिशत कमी आएको थियो । तर अर्थशास्त्रीहरुले वृद्धि हुने नै अनुमान गरिरहेका छन् । पहिलो त्रैमासिकको संकुचन २०२० यताकै पहिलो र सोचेभन्दा खराब भएको थियो ।
अमेरिकी अर्थतन्त्रले फेडेरल रिजर्भबाट थप कदमको आशा गरेको बताइएको छ । खासगरी महंगीसँग जुध्न पनि थप कदम आवश्यक देखिएको छ । यसको अर्थ ब्याजदर थप बढ्न सक्नेछ । फेड प्रमुख जेरेमी पवेलले पनि महंगी कम गर्न यो अत्यावश्यक रहेको बताइरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया