धनबहादुर जप्रेल
कञ्चनपुर, फागुन १२
कञ्चनपुरको महाकाली नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । शान्ति, सुरक्षाको माग गर्दै महाकाली नगरपालिकाका कर्मचारीहरू आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । कर्मचारी धर्नामा बसेपछि नगरपालिकाले दिने सेवा र कामकाजमा प्रभावित भई कामकाज बन्द भएको छ ।
छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा पक्राउ परेकी महाकाली नगरपालिका–६ की शुसिला थापालाई छोडेको भन्दै आक्रोशित स्थानीयहरूले नगरपालिका, इलाका प्रहरी कार्यालय दोधारा–चाँदनी तथा थापाको घरमा ढुंगामुढा गरेर तोडफोड गरेका थिए । नगरपालिकामा गत बुधबार तोडफोड भएको थियो । तोडफोडमा नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल, कम्प्युटर, जीप आदिमा तोडफोड गरिएको थियो भने इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको बोर्ड, जीप र थापाको घरमा स्थानीयहरूले आक्रमण गरेका थिए ।
तोडफोडको विरोधस्वरूप शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेको प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए । ‘नगरपालिकाको कामकाज छोडेर शान्ति सुरक्षाको माग गर्दै कर्मचारीहरू अनिश्चितकालीन धर्नामा बसेका छन् ।’ उनले भने, ‘स्वस्फुर्तरूपमा कर्मचारीहरू धर्नामा बसेका छन्, शान्ति, सुरक्षाको प्रत्याभूति हुनु पर्ने सबै कर्मचारीहरूको माग छ ।’ उनका अनुसार नगरपालिकाका १० वटै वडासहित नगरपालिकामा कार्यरत ३९ जना कर्मचारी धर्नामा बसेका छन् ।
कर्मचारीहरू आन्दोलित भएपछि नगरपालिकाले गर्ने दैनिक कामकाजहरू पूर्णरूपमा प्रभावित भएका छन् । विभिन्न कामकाजका लागि नगरपालिकाका पुगेका सेवाग्राहीहरू काम नगरेर घर फर्किएका छन् । ‘आन्दोलनबारे मलाई थाहा थिएन, नगरपालिका पुगेर थाहा भयो, कर्मचारीहरूले ‘पेन डाउन’ गरेका रहेछन्, मेरो काम नै भएन ।’ नगरपालिकामा पुगेका सेवाग्राही हरिश सुनारले भने ।
छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन् । थापा बुधबार धरौटीमा रिहा भएकी थिइन् । महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए । नगरपालिका र प्रहरी कार्यालयमा तोडफोड गर्नेमध्ये १६ जना पक्राउ परेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया