Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकाठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप तीनवटा शाखा

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप तीनवटा शाखा


काठमाडौं । विगत डेढ दशकदेखि अनवरतरूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पु-याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो एक सय ७८औँ, एक सय ७९औँ तथा एक सय ८०औँ शाखा क्रमशः भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बाराही र ललितपुरको थसिखेल गरी थप तीनवटा शाखाहरू सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरू र बाग्मती प्रदेशमा ४९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरूलाई बैंकमा आयोजित नयाँ शाखाहरू आरम्भ समारोहमा बताए । सुविधासम्पन्न यस शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्दै आएको बैंकले आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिकसम्ममा दुई अर्ब २५ करोड खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा एक खर्ब ५५ अर्ब निक्षेप संकलन गरी एक खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसै गरी कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरू पनि नियमक निकायले तोकेको सीमाभित्रै कायम गरेको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३१ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x