Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसियाकै धनाढ्य महिलाले गुमाइन् कमाएको आधा सम्पत्ति

एसियाकै धनाढ्य महिलाले गुमाइन् कमाएको आधा सम्पत्ति


हङकङ । एसियाकै धनाढ्य याङ हुइयानले कमाएको आधा सम्पत्ति गुमाएकी छिन् । हुइयानको सम्पत्ति २४ अर्ब डलरबाट घटेर ११ अर्ब डलरमा झरेको हो । खासगरी चीनको सम्पत्ति संकट गहिरिँदा यसको प्रभाव परेको ब्लुम्बर्ग अर्बपति सूचकांकले देखाएको छ ।

४१ वर्षीया उनी कन्ट्री गार्डेन होल्डिंग्सकी स्वामित्वकर्ता हुन् । यो बिक्रीका हिसाबले चीनकै ठूलो घरजग्गा डेभलपर हो । उनको धेरै सेयर बुबा याङ गुओकियाङबाट हस्तान्तरित भएको हो । याङले गुआङदोङ प्रान्तको फोसानमा सन् १९९२ मा कम्पनी स्थापना गरेका थिए । यो वर्ष कन्ट्री गार्डेनले आफ्नो सेयरको आधा मूल्य गुमाएको छ । चीनको घरजग्गा क्षेत्रले घरको मूल्य घट्दा संघर्ष गर्नुपरिरहेको छ । माग समेत निकै कमजोर भएको छ भने कम्पनीहरु ऋण तिर्न नसक्ने अवस्थामा छन् । यस्तो अवस्थामा गत वर्षयता केही त ठूला कम्पनीहरु समेत समस्यामा परेको बताइएको छ ।

कमाएको आधा सम्पत्ति घट्नुका बाबजुद याङ नै एसियामा सबैभन्दा धनी रहेको ब्लुम्बर्गले जनाएको छ । यति ठूलो गिरावटपछि उनी र चीनमा रहेका समकक्षी अर्बपतिबीचका धनान्तर साँघुरिएको छ । सम्पत्तिका हिसाबले उनी फ्यान होंग्वेईभन्दा १० करोड डलरजति मात्र अगाडि छिन् ।

पछिल्ला केही हप्तामा घरजग्गा क्षेत्रमा संकट गहिरिँदो छ । हजारौँ घरक्रेता चिन्तित रहेको बताइएको छ । समयमै घर नबन्ने हो कि भन्ने चिन्तामा उनीहरु रहेको बताइएको छ । किनकि उनीहरुले पैसा लगानी गरिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x