Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्वसाधारणको करोडौं ठगेर गौतमश्री सहकारीका अध्यक्ष गौतम फरार

सर्वसाधारणको करोडौं ठगेर गौतमश्री सहकारीका अध्यक्ष गौतम फरार


काठमाडौं । नियमनको अभावमा जमरासरी उम्रेका सहकारीहरु भाग्ने क्रम बढेको छ । पहिला सहकारी खोल्ने र केही वर्ष सञ्चालन गरी सर्वसाधारणलाई रकम जम्मा गर्न प्रोत्साहन गरी ठूलो मात्रामा रकम जम्मा भएपछि सो पैसा सबै कुम्ल्याएर सहकारीका सञ्चालकहरु भाग्ने क्रम बढेको हो ।

यसैको अर्को एक उदाहरण हो काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । रामबहादुर गौतम अध्यक्ष रहेको गौतमश्री सहकारीले बचतकर्ताहरुको रकम फिर्ता नगरी सञ्चालकहरु नै फरार भएपछि सहकारीमा रकम जम्मा गर्नेहरु फसेको थाहा भएको हो ।

सहकारीका सञ्चालकहरु बचतकर्ताको बचत फिर्ता नगरी भागे पनि बचतकर्ताहरु सहकारी विभाग गुहार्नपुगेका छन् । राजनीतिको आडमा ठगी धन्दा चलाउँदै आएका सहकारीका अध्यक्ष गौतमसहितका सञ्चालकहरु बचतकर्ताहरुले जम्मा गरेका करोडौँ रकम लिएर फरार भएका हुन् । सहकारीमा महाप्रबन्धकमा रवीन्द्र विष्ट थिए ।

स्रोतका अनुसार सहकारीले करिब २५ हजारभन्दा बढी बचतकर्ताबाट करोडौँ रकम उठाएको थियो । बुधबारसम्म सबैको सम्पर्कमा रहेका सहकारीका अध्यक्ष गौतम बिहीबारदेखि एकाएक सम्पर्कविहीन भएका थिए ।

गौतमले सहकारीमार्फत पैसा उठाउने र आफ्नो अन्य व्यवसायहरुमा लगानी गर्दै आउने गरेको एक पीडितले बताए । उनका अनुसार अध्यक्ष गौतमले सहकारीलाई नियमन गर्ने राज्यको बलियो संयन्त्रको अभावको फाइदा उठाउँदै त्यहाँ जम्मा भएको बचत आफ्ना व्यवसायहरुमा लगानी गर्ने र सहकारीबाट लगेको रकम फिर्ता नगर्ने नीति लिँदै आएका थिए ।

बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक–पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरुको रहेको सहकारी विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x