काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह ! अलैँची’ अभियान शुभारम्भ गरेको छ । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार यो अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउनेछ । बेलायतको रियालिटी कुकरी टिभी शृंखला विविसी मास्टर चिफ : द प्रोफेसनल रिम्याचका विजेता, शेफ सन्तोष शाह, यस ‘वाह ! अलैँची’ अभियानको ब्रान्ड एम्बेसेडर रहेका छन् । उनले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्ने महासंघले जनाएको छ । साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ ।
महासंघका अनुसार नेपालमा विश्वबजारको छ हजार छ सय मेट्रिक टन अलैँची उत्पादन हुन्छ, जुन पूर्वको पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको छ । सन् २०२१ मा सुकमेलको आयात पाँच सय ६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्ममा खुद्रा बिक्री हुने नेपाली अलैँचीको मूल्यको तुलनामा अहिले एक सय ग्रामको सुकमेलको चार सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बढी मूल्य तिरिरहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया