Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको डबल धमाका योजना सार्वजनिक

नेपाल बैंकको डबल धमाका योजना सार्वजनिक


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहकहरूले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुनेछ ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरूले पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधाहरू पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरूमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । नेपालभर दुई सय १९ वटा शाखाहरू, एक सय ८३ वटा एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटो–छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x