Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफद्वारा झापाका बीमितलाई ५२ लाख ५५ हजार भुक्तानी

गुराँस लाइफद्वारा झापाका बीमितलाई ५२ लाख ५५ हजार भुक्तानी


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित श्री सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्युदाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बीमा गराएका थिए । कम्पनीले राईकी पत्नी श्री रुबिना तामाङलाई बीमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रीय कार्यालय बिर्तामोडले यही साउन १२ गते भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रममार्फत भुक्तानी गरेको छ ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्तरूपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले योभन्दा अघि पनि गुराँस लाइफले छिटो छरितो दाबी भुक्तानी गरेको र कम्पनीप्रति आफ्नो विश्वास झनै बढेको बताए । उपमेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आयअनुसार बीमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहात पाउने भएकोले जीवन बीमा अनिवार्य गर्न आफूले जनचेतना गराउने बताइन् । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बीमा कम्पनीहरूले मृत्युदाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउँदै दाबी भुक्तानी सहज बनाउँदै लगेकोमा गुराँस लाइफप्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे ।

कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तिको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बीमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै बीमितको निधनले आफू मर्माहित भएको बताए । साथै बीमाको जनचेतना अभावले बीमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बीमा गराई ढुक्क हुन आग्रह गरे ।

उक्त कार्यक्रममा कम्पनी सहायक प्रबन्धक राजकुमार सिजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, श्री भवानी खड्का, निशा फुयाँल तथा अभिकर्ता, स्थानीय व्यक्ति पत्रकार तथा बुद्घिजीवीहरूको उपस्थिति रहेको उक्त कार्याक्रम क्षेत्रीय कार्यालयका जुनियर अफिसर श्री अखिलेश्वर बोहराले सञ्चालन थिए भने कार्यक्रम संयोजन काँकरभिट्टाका पूर्वशाखा प्रमुख याम बहादुर बुढाथोकीले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x