पाकिस्तानमा विदेशी मुद्रा सञ्चिती अभाव चुलिँदै
अटो कम्पनीले प्लान्ट नै बन्द गर्नुपर्ने अवस्था
इस्लामाबाद । पाकिस्तानका दुई ठूला कार एसेम्बलर टोयोटा र सुजुकीले अस्थायी रुपमा आआफ्ना प्लान्ट बन्द गर्ने भएका छन् । दुई कम्पनीले अर्को महिना प्लान्ट बन्द गर्ने भएका हुन् । रोयटर्सका अनुसार आयातमा गरिएको कडाइले कच्चा पदार्थको अभाव निम्त्याएपछि र विनिमय दरमा ठूलो उतारचढाव आएपछि कम्पनीहरुले यस्तो निर्णय लिएका हुन् ।
पाकिस्तानी सरकारले विदेशी मुद्रा सञ्चिति घट्नथालेको भन्दै केही हप्तायता आयातमा कडाइ गरिरहेको छ । पाकिस्तानमा अहिले विदेशी मुद्रा संकट गहिरिँदै जाँदा स्वदेशकै मुद्राको अवमूल्यन भएको छ भने चालू खाता घाटाको अन्तर फराकिलो हुँदै गएको छ ।
पाकिस्तानी रुपैयाँ वर्षगत तुलनामा २० प्रतिशतले अवमूल्यन भएको छ । आयातमा कडाइ गर्दा यसमै निर्भर उद्योगहरुमा भएका कच्चापदार्थ सकिएको छ भने केन्द्रीय बैंकले लेटर्स अफ क्रेडिटको प्रमाणीकरणमा ढिलाइ गरेको छ । बैंकहरुमा डलरको अभाव खट्किन थालेको छ ।
इन्दुस मोटरका कार्यकारी प्रमुख अलि अस्गर जमालीले कोटाअनुसार केन्द्रीय बैंकले लेटर अफ क्रेडिट अनुमति दिए अर्को महिना १० कार्यदिन मात्रै हुने बताए । इन्दुसले पाकिस्तानमा टोयोटाका गाडीको एसेम्बलिङ गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया