Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक

‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक


काठमाडौं । नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक भएको छ । यो फोन २डी अल्ट्रा स्लिम बडी डिजाइन र उच्च सुरक्षा मापदण्डहरुसहित उत्पादकता सुविधाहरूले भरिएको कम्पनीले जनाएको छ । यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनका अनुभवहरू अघिल्लो फोनभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।

नयाँ सार्वजानिक ओप्पो ए५७ मा पाँच हजार एमएएच ब्याट्री ६.५६ एचडी प्लस कलर–रिच डिस्प्ले, हाई–इन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ आईपीएक्सपफोर वाटर रेसिस्टेन्स रहेको छ । कम्पनीका अनुसार डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो । साथै यसमा ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडि, आठ एमपी सेल्फी क्यामेरा छन् । भिडियोहरूको लागि यसले पछाडि र अगाडि दुवै क्यामेराबाट १०८० पिक्सलमा भिडियोहरू खिच्न सक्छ । यसमा ६० हर्ज रिफ्रेस दरको साथ ६.५६ इन्च एचडी प्लस आईपी एस प्यानल छ । स्क्रिनले डीसीआई–पी३ कलर गामटको ९६ प्रतिशत कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साइड बेजेल न्यूनतम छन् र तलको भाग अलि ठूलो छ ।

ओप्पो ए७७मा मिडिया टेक हेलियो जी३५, ४ जीबी -याम र १२८ जीबी इन्टर्नल स्टोरेजको साथ आएको छ । हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सीपीयू र पावर भीआर जीई८३२० जीपीयू भएको १२ एनएम चिपसेट हो । साथै, आईपीएक्सफोरद्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्यतवरबाट चलाउँदा स्क्रयाच नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ । यसको कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ मा आधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ । यसमा भएको ६.५६ इन्च डिस्प्लेले ९६ यू एनटीएससी कलर गामुटलाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ओप्पो ए७७ ओप्पोकोे मूल्य दायराभित्रको एक मात्र फोन हो, जसमा डुअल स्टेरियो स्पिकरहरू छन्, जुन सामान्यतया फ्ल्यागशिप मोडलहरूमा मात्र रहन्छ । सुपर भोल्युम मोडमा, डुअल–स्पिकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याक : डिराक ३.० ले अझ यसको आवाजलाई थप शुद्व बनाउँछ । ओप्पो ए७७ फोन पाँच हजार एमएएच ब्याट्रीसँग आउँछ, यसको यूएसबी–सी पोर्टमार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

ओप्पो ए ७७ ले १ टीबीसम्मको एसडी कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोनको मूल्य नेपालमा २५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x