Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा स्कोडा कुशाकको एक वर्ष

नेपालमा स्कोडा कुशाकको एक वर्ष


काठमाडौं । युरोपेली एसयूभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पूरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । लगत्तै यो नेपाली बजारमा लोकप्रिय भयो । यसको ड्राइभिङ डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिङ टीएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५औँ दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण अनवरत गरिरह्यो ।

कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षभन्दा पाँच सय ६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको बजार हिस्सा आफ्नो सेग्मेन्टमा १८ प्रतिशत छ । ‘नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीका रुपमा उभ्याउन सफल भएको छ’, स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौँ । कुशाकलाई माया गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।’ स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x