Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्स्टा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड दूतमा नम्रता

इन्स्टा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड दूतमा नम्रता


काठमाडौं । इन्स्टा एजुकेसनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड दूतमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छिन् । आइतबार एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौतापत्र आदानप्रदान भएको हो । उनी ब्रान्ड दूतमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।

एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथो तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड दूतमा नियुक्त भएपछि नम्रताले आफूमाथि जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड दूत बन्ने निर्णय गरेको उनको भनाइ छ । कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेसन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलियालगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए ।

कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए । इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय छ । अष्ट्रेलिया कार्यालयको प्रमुखमा हरी सापकोटा छन् । यस कन्सल्टेन्सीबाट अष्ट्रेलियासँगै क्यानडा, अमेरिकालगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने सापकोटाको भनाइ छ । कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेललगायत उपस्थित थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x