श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने अपेक्षा गरेको छ । चेम्बरका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आइतबार भएको भेटमा चेम्बर पदाधिकारीले कठिन परिस्थितिबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेको बताएका थिए ।
चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतीपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको बताए । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुई मुलुकबीच व्यापारका लागि अझै पनि ठूलो सम्भावना रहेको अग्रवालले बताए । साथै उनले नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यावसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने आशा व्यक्त गरे ।
अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सम्भावना रहेको र भारतसहित त्रिपक्षीय सम्झौताको आवश्यकतामा समेत जोड दिए । बुद्धको जन्मभूमि लुम्बिनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कोलम्बो लुम्बिनी सिधा विमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवाहक अध्यक्ष अग्रवालले राजदूत मिश्रसँग आग्रह गरे । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफू आशावादी रहेको बताए । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आफूले पहल गर्ने राजदूत मिश्रको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया