Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटल १०औँ वर्षमा

एनआईबीएल एस क्यापिटल १०औँ वर्षमा


काठमाडौं । एनआईबीएल एस क्यापिटल १०औँ वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको क्यापिटलले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा गरेको १० वर्ष पूरा गरेको हो ।

१० वर्षे सफल कार्यकालमा क्यापिटलले एक सय ८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा समेत कार्य गरेको जानकारी दिएको छ । हाल यो क्याप्टिल ५१ वटा कम्पनीको सेयर रजिष्ट्रारको रूपमा कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही ‘एनआईबीएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याइसकेको जानकारी दिएको छ । जसमध्ये एनआईबीएल समृद्धि फन्ड–१ परिपक्क भई आफ्नो इकाइधनीलाई रकमसमेत फिर्ता गरिसकेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x