Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयरबजार परिसूचक २१ सय ९५ विन्दुमा

सेयरबजार परिसूचक २१ सय ९५ विन्दुमा

५४ अंकले बजार उकालो लाग्दा चार अर्ब ६० करोको सेयर खरिदबिक्री


काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नै बजार परिसूचक ५४ दशमलव ५८ अंकले उकालो लागेर २१ सय ९५ दशमलव १० विन्दुमा चढेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७२ अंकले उकालो लागेर चार सय १९ दशमलव २० विन्दुमा चढेको छ । यसदिन १३ वटा उपसमूहहरूअन्तर्गत दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ६७ हजार सात सय ४० पटकको कारोबारमा एक करोड १३ लाख ३९ हजार चार सय ७६ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल सेयर कारोबार रकम चार अर्ब ६० करोड ९७ लाख ९१ हजार दुई सय ७२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहहरूमध्ये फाइनान्स उपसमूहको सूचक ३१ दशमलव ९३ अंकले ओरालो लागेर १९ सय ५८ दशमलव छ विन्दुमा झरेको छ भने बाँकी उपसमूहहरूको सूुचक भने उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ४० दशमलव ६२ अंकले उकालो लागेर १४ सय ३२ दशमलव ८९ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि ३१ दशमलव ५७ अंकले उकालो लागेर चार हजार एक सय पाँच दशमलव २२ विन्दुमा चढेको छ ।

जलविद्युत् उपसमूहको सूचक पनि २० दशमलव ४३ अंकले उकालो लागेर २५ सय ६० दशमलव ९४ विन्दुमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि तीन सय ७४ दशमलव आठ अंकले उकालो लागेर आठ हजार छ सय ६४ दशमलव १४ विन्दुमा चढेको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि चार सय १२ दशमलव ८९ अंकले उकालो लागेर १० हजार तीन सय ३९ दशमलव ४० विन्दुमा चढेकोमा ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहहरूको सूचक पनि क्रमशः ७५ दशमलव २८, ८० दशमलव १९, ९८ दशमलव ४३, ५२ दशमलव ७७, ५४ दशमलव २६, शून्य दशमलव ११ र तीन दशमलव ३७ विन्दुले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरको सूचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ७६ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर पाँच सय १७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको गुडविल फाइनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९४ प्रतिशतले घटेर एक हजार ७४ रुपैयाँ अन्तिम मूल्यमा सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुमारी बैंकको संथापक सेयरतर्फ पनि प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेर एक सय २० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक नेसनल हाइड्रोपावर कम्पनी, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन शिवम् सिमेन्टको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय १८ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ३४ लाख १६ हजार आठ सय ६० रुपैयाँ १० पैसाको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता नौ सय ८० रुपैयाँ अन्तिम मूल्यमा १५ करोड २३ लाख २० हजार चार सय ८५ रुपैयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यीबाहेक एसियन लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि, नेसनल हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x