रुसको बमबारीमा मारिए युक्रेनका धनी व्यवसायी
किभ । युक्रेनका धनीमध्येका एक व्यवसायीको रुसी बमबारीमा परी मृत्यु भएको छ । युक्रेनको दक्षिणी सहर मिकोलाइभमा रुसले गरेको ठूलो बमबारीमा परी ओलेक्सी भाडाटर्स्की र उनकी श्रीमती राइसाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार बमबारीमा दम्पतीको नै आफ्नै घरमा मृत्यु भएको हो । उनी ७४ वर्षका थिए । भाडाटर्स्की निबुलोन कम्पनीका मालिक हुन् । यो कम्पनीले अन्न निर्यात गर्दै आएको छ । उनले ‘हिरो अफ युक्रेन अवार्ड’ समेत पाएका थिए । मिकोलाइभका मेयर ओलेक्सान्द्र सेन्केभिचले उक्त बमबारी अहिलेसम्मकै ठूलो र भयानक भएको बताएका छन् ।
रुसी बमबारीमा एउटा होटल, एउटा खेल कम्प्लेक्स, दुई विद्यालय र एक सर्भिस सेन्टरमा पनि क्षति पुगेको छ । मिकोलाइभ ओडेसाको मुख्य रुटमा पर्छ । ओडेसा ब्ल्याक सीमा युक्रेनकै ठूलो बन्दरगाह पनि हो । फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता धेरैपटक निशानामा परेको छ ।
उक्त क्षेत्रका नेता भिटाली किमले भाडाटस्र्कीको जहाज निर्माण उद्योग र कृषिजन्य विकासमा योगदान रहेको बताए । त्यसलाई यस क्षेत्रकै अमूल्य विकास मान्छन् उनी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको कार्यालयका एक सल्लाहकारले रुसले उनैलाई निशाना गरेर बमबारी गरेको बताए । दुईवटा क्षेप्यास्त्रले ती व्यवसायीको शयनकक्षलाई निशाना लगाएको थियो । सोही कारण रुसको मुख्य निशाना नै उनी रहेको युक्रेनी अधिकारीले बताएका छन् । निबुलोनले धेरै अन्न भण्डारगृह र निर्यातजन्य पूर्वाधार बनाएको छ ।
युक्रेन र रुस गहुँका मुख्य निर्यातकर्ता देश हुन् । यी देश प्रमुख अन्न निर्यातकर्ता देशमा पर्छन् । दुई देशबीचको युद्धले विश्वमै अन्न आपूर्तिमा समस्या आउँदा विभिन्न खाद्यवस्तुको मूल्य आकाशिएको छ । यसअघि रुस, टर्की, युक्रेन र संयुक्त राष्ट्रसंघबीच अन्न निर्यात गर्न दिने बारे सहमति भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया