Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २२ सय अंक नजिक

सेयर बजार परिसुचक २२ सय अंक नजिक


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ५४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार एक दशमलव १५ अंकले उकालो लागेर २१ सय ९६ दशमलव २५ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९४ अंकले उकालो लागेर चार सय २१ दशमलव १४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ६७ हजार दुई सय पाँच पटकको कारोबारमा एक करोड पाँच लाख १८ हजार सात सय १२ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही आधारमा यसदिन कुल कारोबार रकम चार अर्ब ६७ करोड सात लाख ९८ हजार सात सय ५६ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x