सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासका बासिन्दाहरू अनियमित विद्युत्को मार खेप्न बाध्य भएका छन् । सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सल्लेरीद्वारा वितरित विद्युत् सेवा छिनछिनमा अवरुद्ध भइरहँदा उपभोक्ता हैरान भएका हुन् ।
कम्पनीले २०७७ माघ १९ गतेबाट लोडसेडिङमुक्त गराउन भन्दै ३३ केभीए केन्द्रीय प्रसारण लाइन जोडेको थियो । तर हिउँदमा नियमित लोडसेडिङ गर्दै आएको कम्पनीको सेवा त्यसयता अनियमित बनेको उपभोक्ताले गुनासो गरेका छन् । विद्युत् आउने/जाने समय निश्चित नहुँदा विद्युतिय औजारहरू समेत बिग्रिने गरेको व्यवसायी लोक बहादुर दर्जीकोे गुनासो छ । ‘विद्युत् आउने/जाने भइरहँदा मेरो यहाँ २/४ वटा मेसिन नै बिग्रियो, हामी साना व्यावसाय गर्नेको यो क्षति कसले बेहोर्ने ? न कम्पनीले बेहोर्छ न सरकारले, हामीलाई जहाँबाट पनि घाटैघाटा’, टेलर व्यवसायी दर्जीले भने ।
विगतमा नियमित तालिकाअनुसार लोडसेडिङ हुने भए पनि पछिल्लो समय विनातालिका बारम्बार सेवा अवरुद्ध हुँदा आफूहरू आजित बनेको सल्लेरीका सागर हिङमाङले बताए । उनले भने, ‘मेरो त गरीखाने माध्यम भनेकै यही टेलर व्यवसाय हो, तर बत्तीले गर्दा काम गर्नै सकिन्न, काम गर्न थाल्यो बत्ती गइहाल्छ हनि के गर्नु, यस्तो पर्यटकीय जिल्ला भन्नु मात्रै यहाँ हामीलाई कति गाह्रो छ भन्ने भनेर साधै छैन ।’
विद्युत्का कारण जिल्लास्थित सरकारी कार्यालयहरूको सेवा प्रभावित हुनका साथै विद्युत्मा निर्भर रहने व्यवसाय र सञ्चारमाध्यमलाई समेत असर परेको छ । जिल्लाका अधिकांश सरकारी कार्यालयहरूमा समेत भरपर्दो विद्युत् व्याकअपको व्यवस्थापन नहुँदा सरकारी सेवा समेत प्रभावित बन्ने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । वर्षातको समय भएकाले ठाउँ/ठाउँको ट्रान्सफरमा समस्या आइरहेकाले विद्युत् अवरुद्ध हुनेगरेको कम्पनीका महाप्रबन्धक भोजराज तिवारीले बताए । सेवा नियमित गराउन प्राविधिकहरू २४सैँ घन्टा खटिए पनि वर्षात् तथा चट्याङका कारण समस्या भएको उनको भनाइ छ । छ सय ३३ किलोवाट क्षमताको सो कम्पनीले सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, बेनी, फेरा, खोलाघारी, जैदु, च्याल्सा, थातिङलगायतका झण्डै २२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएकोे छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया