गल्याङमा तीन महिने हाउस वायरिङ तालिम
गल्याङ, फागुन १२
स्याङ्जाको गल्याङमा तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ को समन्वयमा आँधिखोला बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै समाजसेवी लक्ष्मणप्रसाद भट्टराईले यस्तो तालिमबाट स्वरोजगार बन्न प्रेरणा मिल्ने बताए । उनले २०औं वर्ष अध्ययन गरेर जागिर खानुपर्ने अवस्थामा तीन महिनाकै तालिमबाट रोजगारी सिर्जना हुने बताए । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले जागिर अर्काको लागि गरिने भन्दै तालिमले आफ्नो लागि काम गर्ने बताए । २०/३० हजार तलबका लागि युवाहरु विदेश जाने अवस्था रहेको भन्दै उनले इलेक्ट्रिसियन तालिमले यस्तो अवस्थाको अन्त्य गर्ने बताए ।
तालिम संयोजक कमल गैह्रेले २१ वटा यस्तै तालिमहरु स्याङ्जाका विभिन्न पालिकाहरुमा सञ्चालन भैरहेको जानकारी दिए । यस तालिममा परीक्षा हुने र उत्तीर्ण हुनेहरुका लागि मात्रै प्रमाणपत्रको व्यवस्था रहेको उनले जानकारी दिए । कार्यक्रममा वडा सदस्य मनोज राना, प्रशिक्षक ऋषि बस्याल, समाजसेवी गिरिधारी भण्डारीलगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष महेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य केशवराज न्यौपानेले र सञ्चालन वडा सचिव खिम प्रसाद भण्डारीले गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया