Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेआर एजुकेसनले ‘एड्मिसन विक’ गर्ने

जेआर एजुकेसनले ‘एड्मिसन विक’ गर्ने


काठमाडौं । जेआर एजुकेसन ग्रुपले भारतको विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘स्ट्डी इन इन्डिया एड्मिसन विक’ आयोजना गर्ने भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ग्रुपले अगस्ट १ देखि अगस्ट ७ तारिखसम्म (साउन १६ देखि २२ गतेसम्म) स्ट्डी इन इन्डिया एड्मिसन विक आयोजना गर्ने जानकारी दिएको हो । काठमाडौैं माइतीघरमा सञ्चालन गर्ने उक्त कार्यक्रममा भारतका विभिन्न विश्वविद्यालय र त्यहाँको शैक्षिक अवस्थाको बारेमा जानकारी गराइने संयोजक राजीव राय आदित्यले बताए । सो अवसरमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, सुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भीभी आईटी, भाइ गुरुदास ग्रुप अफ इन्स्टिच्युसन, सीटी युनिभर्सिटीलगायतका शैक्षिक संस्थाले कार्यक्रममा भाग लिनेछन् । साथै आफ्नो संस्थाले दिने पाठ्यक्रमको विषयमा जानकारी गराइने विकास सेनीले बताए ।

यस क्रममा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल, हस्पिटालिटी, नर्सिङलगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग सहभागी विद्यार्थीहरुले प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । अर्का संयोजक वरुण झाले नेपाली विद्यार्थीहरु भारतीय विश्वविद्यालयमा आकर्षित हुनुमा संस्कृति, भेषभूषा, भाषा सहजीकरण तथा नेपाली नागरिकको बाक्लो उपस्थितिले गर्दा नेपाली विद्यार्थीहरु भारतीय विश्वविद्यालयप्रति आकर्षण बढेको बताए । उनले कम शुल्कमा विश्वविद्यालयहरु गुणस्तरीय शिक्षा समेत दिने हुँदा आकर्षण बढेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x