दशौं राष्ट्रिय ललितकला प्रदर्शनी वैशाखमा
काठमाडौं, फागुन १२
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ । प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृंखलाको ललितकला प्रदर्शनी हुनेछ । प्रदर्शनी तीन हप्तासम्म चल्ने आईतबार काठमाडौँमा पत्रकार सम्मेलन गरि नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिए । प्रदर्शनीमा ५०० कलाकृति सहभागी गराउने लक्ष्यअनुरूप चित्र संकलन थालिएको उनले बताए । प्रदर्शनीका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ६५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र विधागत तयारीका लागि सात उपसमितिले काम थालेको प्रचारप्रसार उपसमितिका संयोजक सुष्माराज भण्डारीले बताए ।
प्रदर्शनीका क्रममा प्रदर्शनीमा सहभागी चित्रबाट विभिन्न विधाका उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने तथा कलालेखन र ललितकला पुरस्कार वितरण गरिने जनाइएको छ । प्रदर्शनीका लागि कलाकृति मगाइएको भए पनि नआइपुगेकाले यही फागुन २० गतेसम्मका लागि म्याद थपिएको नाफाले जानकारी दिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नाफाले पहिलो पटक राष्ट्रिय ललितकला प्रदर्शनी कार्य्विधि, २०७७ निर्माण गर्दै छ । प्रदर्शनीका क्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
परम्परागत चित्रकला र मूर्तिकला, आधुनिक चित्रकला र मूर्तिकला, हस्तकला/शिल्पकला, लोककला, वास्तुकला तथा सिर्जनात्मक कला विधामा राष्ट्रिय र विशेष पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त विधाअन्तर्गत राष्ट्रिय पुरस्कारको राशि ६० हजार रुपैयाँ र विशेष पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । राष्ट्रिय पुरस्कार आठ जनालाई र विशेष पुरस्कार १६ जनालाई प्रदान गरिने बताईएको छ । यस्तै २५/२५ हजार रुपैयाँ राशिको राष्ट्रिय ललितकला लेखन पुरस्कार र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कारसमेत सोही क्रममा वितरण हुने कुलपति कर्माचार्यले जानकारी दिए ।
कलाका पाँच विधामध्ये सातै प्रदेशका सातै जना कलाकारलाई जनही २५ हजार रुपैयाँ राशिको पुरस्कार वितरण हुने जनाइएको छ । कला क्षेत्रमा विशिष्ट योगदान गरेबापत दुई जनालाई दिइने राष्ट्रिय अरनिको सम्मान घोषणा गर्न भने बाँकी रहेको जनाइएको छ । यसपटक ललितकला प्रदर्शनीमा ३५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जनाइएको छ । प्रदर्शनीको तयारी तीव्ररूपमा भइरहेको नाफाले जनाएको छ । प्रदर्शनीका साथै कार्यक्रम अवधिमा आर्ट टक, आर्ट डेमोस्ट्रेसन, कला पुस्तक प्रदर्शनी, अन्तरक्रिया र कला कार्यशाला आयोजना गरिने भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया