सीताराम डेरीको नयाँ बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा
काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सीताराम दूध तथा दूधद्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र कीर्तिपुरको नयाँबजारमा सञ्चालनमा ल्याएको छ । सीताराम डेरीको चौथो तथा आफ्नै दोस्रो बिक्री केन्द्र हो । कीर्तिपुरको नयाँबजारमा खुलेको बिक्री केन्द्रको उद्घाटन हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला, कलाकार दिपकराज गिरी र जीतु नेपाल मुन्द्रेले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा कलाकार गिरीले सीताराम ब्रान्ड स्थापित भइसकेको र यसले गुणस्तरीय उत्पादन गर्दै दीर्घकालसम्म निरन्तर रुपमा लागिरहने बताए । सीताराम दूधले २७ वर्षदेखि निरन्तर उत्पादनहरु बजारमा ल्याउन सफल रहेको अभिनेत्री निरौलाले बताइन् । ‘दूधबाट बनेका विभिन्न परिकारहरु जसले मानिसको स्वास्थ्यलाई अत्यन्त लाभदायी हुनेमा दुईमत छैन । हरेक मानिसको घरघरमा सीतारामका उत्पादनहरु पुगून् र यसरी आफ्नै आउटलेट खोली आम ग्राहकहरुलाई सीताराम दूधद्वारा बनेका परिकारहरु पस्किन सफल होस् सीताराम डेरी । हामी सधैं साथमा रहनेछौँ’, हास्य कलाकार मुन्द्रेले भने ।
कीर्तिपुरमा खोलिएको सीताराम दूध बिक्री केन्द्रबाट आम ग्राहकहरुले सीतारमा दूध तथा यसबाट बनेमा विभिन्न उत्पादनहरु गुणस्तरीय र ताजा पाउने कम्पनीले जनाएको छ । चाँडै बिक्री केन्द्र अन्य स्थानमा पनि फ्रेन्चाइज मोडलमा र विशेष मोडलमा खोल्दै जाने सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिका अध्यक्ष सुमित केडियाले बताए । यसका साथसाथै यो सीताराम दूधको बिक्री केन्द्र खोलेको शुभअवसरमा सीतारमका हरेक उत्पादनमा यो साउन महिनाभर पाँच प्रतिशत छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया