Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)मा लगानीकर्ताले आज साउन १७ गतेसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावितहरूका लागि आईपीओ बिक्री गरी बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्री नभएको एक लाख २१ हजार ६० कित्ता समेत गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कुल कित्ताको पाँच प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र दुई प्रतिशतले हुन आउने १४ हजार चार सय २१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी छ लाख ७० हजार पाँच सय ८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x