Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी लघुवित्तको सार्वजनिक सेयर निष्कासन हुँदै

धौलागिरी लघुवित्तको सार्वजनिक सेयर निष्कासन हुँदै


काठमाडौं । बागलुङ जिल्ला केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखि सार्वजनिक सेयर निष्कासन हुने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक सेयर निष्कासनपश्चात् १० करोड ३१ लाख पुग्नेछ । हाल सात करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरणबमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ दुई सय ५७ रुपैयाँ हुन आउँछ ।

कम्पनीको सञ्चित नाफा नोक्सानी समेत चार दशमलव छ करोडभन्दा माथि रहेकाले सार्वजनिक सेयर निष्कासनपश्चात् समेत सेयरधनीहरूको लागि ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ । हाल राष्ट्रियस्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरूमार्फत कुल एक सय ४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आव २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणबमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २५ पैसा रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x