Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रतिऋणपत्र अंकित मूल्य एक हजार अंकित दरले कुल एक अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्यबराबरको दशवर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सोमबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ । उक्त ऋणपत्रमध्ये ६० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोडबराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरूमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x