Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फिरेन्स सौराहा चितवनमा यही साउन १३ गतेदेखि साउन १५ गतेसम्म सम्पन्न भएको छ । अ बाउन्स ब्याक एयर ७९–८० नाराका साथ सम्मेलन आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो । सञ्चालक विमल प्रसाद ढकालले मानसमा दीप प्रज्वलन गरी सम्मेलनको समुद्घाटन गर्दै कर्मचारीहरूले आम नागरिकहरूको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरूलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालू आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरू, क्षेत्रीय प्रमुखहरूलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरूले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरूबाट सबै सहभागीहरूलाई प्रमाणपत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरू र शाखा एवं उपशाखाहरूलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x