Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्बपतिहरुले १ खर्ब ६९ अर्ब दानमा खर्च गरे

अर्बपतिहरुले १ खर्ब ६९ अर्ब दानमा खर्च गरे


अमेरिका । विश्वमा दुई हजारको संख्यामा अर्बपतिहरु रहेका छन् । तीमध्ये केहीले भने समाजसेवा र दानमा पनि अर्बौं डलर खर्च गरेका छन् । सन् २०२२ मा विश्वका अर्बपतिहरुले आफूले कमाएको रकमबाट अनुमानित १ खर्ब ६९ अर्ब अमेरिकी डलर दानमा खर्च गरेका छन् ।

चर्चित म्यागेजिन फोर्ब्सका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा दान गरिएको रकममा वृद्धि भएको छ । गत वर्ष अर्बपतिहरुले १ खर्ब ४९ अर्ब अमेरिकी डलर दान गरेका थिए । यो वर्ष भने २० अर्बले दान गरिएको रकम बढेको देखिएको हो ।

यसरी रकम दान गर्नेमा अग्रपंक्तिमा आउँछन् वारेन बफेट । उनले आफ्नो जीवनकालमा अहिलेसम्म ४६ अर्ब १० करोड अमेरिकी डलर दान गरेका छन् । उनको सम्पत्ति स्रोत भने बर्कशाइर हाथावे हो । शुक्रबारसम्मको फोर्ब्स अर्बपति सूची हेर्ने हो भने उनको सम्पत्ति १ खर्ब २ अर्ब अमेरिकी डलर रहेको छ । उनले स्वास्थ्य र गरिबी उन्मूलनमा धेरै रकम दान गरेका छन् ।

त्यसपछि सबैभन्दा धेरै रकम दान गर्नेमा पर्छन् बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्स । उनीहरुले हालसम्म ३३ अर्ब ४० करोड अमेरिकी डलर दान गरिसकेका छन् । यही वर्ष जुलाईमा उनले २० अर्ब डलर यी दुईले स्थापना गरेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दिने प्रतिबद्धता जनाइसकेका छ ।

उनीहरुको मुख्य सम्पत्ति स्रोत माइक्रोसफ्ट हो । शुक्रबारसम्म बिलको सम्पत्ति १ खर्ब ८ अर्ब अमेरिकी डलर र मेलिन्डाको ५ अर्ब ९० करोड डलर सम्पत्ति रहेको छ । हाल उनीहरुले सम्बन्धविच्छेद गरिसकेका छन् । जर्ज सोरोस पनि धेरै सम्पत्ति दान गर्ने अर्बपतिमा गनिन्छन् । उनले यो वर्षको सुरुसम्म १८ अर्ब १० करोड डलर दानमा खर्चिएका छन् । उनको सम्पत्ति स्रोत हेज फन्ड्स हो । उनले प्रजातन्त्र, शिक्षा, गैरविभेद र स्वास्थ्य क्षेत्रमा गरेका छन् ।

ब्लुमबर्ग पनि आफ्नो धेरै सम्पत्ति दान गर्नेमा पर्छन् । उनले हालसम्म १२ अर्ब ७० करोड डलर दानमा खर्चिएका छन् । उनको सम्पत्ति स्रोत ब्लुमबर्ग एलपी हो । उनले जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रमा दान गर्ने गरेका छन् । धेरै दान गर्ने अर्बपतिकै सूचीमा पर्छिन् म्याकेन्जी स्कट । उनले हालसम्म ८.६१ अर्ब डलरभन्दा धेरै दानमा खर्चिएकी छिन् । उनको सम्पत्ति ३६ अर्ब २० करोड डलर हाराहारीमा छ । उनले नश्लीय, लैंगिक र आर्थिक असमानताविरुद्धका कार्यमा दान गर्ने गरेकी छिन् ।

कसले कति गरे दान ?
चार्ल्स चक फिनी : उनले पनि हालसम्म आठ अर्ब डलरभन्दा माथि दान गरेका छन् । उनको मुख्य सम्पत्ति स्रोत ड्युटी फ्रि शप हो । उनले विज्ञान, मानवअधिकार, युवा जस्ता क्षेत्रमा खर्च गरेका छन् । उनले अहिले धेरैजसो सम्पत्ति दान गरेर २० लाख डलरजति मात्रै राखेका छन् ।

गोर्डन र बेट्टी मुरे : यो दम्पतीले पनि साढे ५ अर्ब डलर दानमा खर्चिसकेको छ । उनीहरुको सम्पत्ति सेत इन्टेल कम्पनी हो । उनीहरुले विज्ञान, वातावरणजस्ता क्षेत्रमा दान गरेका छन् । उनीहरुसाग ११ अर्ब हाराहारीमा सम्पत्ति रहेको छ ।

जिम र मारिलिन साइमन्स : उनीहरुले पनि ३.३ अर्ब डलर दानमा खर्च गरिसकेका छन् । उनीहरुको मुख्य स्रोत हेज फन्ड नै हो । उनीहरुसँग गत जनवरीसम्म २४ अर्ब ४० करोड डलर सम्पत्ति रहेको थियो ।

फिल नाइट र परिवार: उनीहरुले पनि ३ अर्ब १० करोड डलर दानमा खर्च गरिसकेका छन् । उनीहरुको सम्पत्ति स्रोतचाहिँ नाइक हो । उनीहरुसँग गत जनवरीसम्म ५४ अर्ब ८० करोड डलर सम्पत्ति रहेको छ । उनीहरुले शिक्षा क्षेत्रमा दान गरेका छन् ।

मार्क जुकरबर्ग र प्रिसिलिया चान : फेसबुकका मालिक जकरबर्गले हालसम्म ३ अर्ब डलर दानमा खर्च गरेका छन् । उनीहरुले फेसबुकबाटै आम्दानी गर्छन् । विज्ञान, शिक्षा जस्ता क्षेत्रमा दान गर्ने गरेका छन् ।

इडिथी ब्रोड र फेमिली : यो परिवारले पनि २ अर्ब ८० करोड डलर दानमा खर्च गरिसकेको छ । खासगरी लगानी गरेर यो परिवारले आम्दानी गर्छ । उनीहरुले शिक्षा, कला, विज्ञानमा दान गर्छन् ।

माइकेल र सुसान डेल : यो दम्पतीले २ अर्ब २५ करोड डलर दानमा खर्च गरेको छ । उनीहरुको मुख्य सम्पत्ति स्रोत डेल कम्प्युटर हो । उनीहरुले गरिबी उन्मूलन र शिक्षा क्षेत्रमा दान गर्ने गरेका छन् । एजेन्सीहरुबाट 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x