Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २१ सय ९३ बिन्दुमा

सेयर बजार परिसुचक २१ सय ९३ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन एक दशमलव १५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने दुई दशमलव ७६ अंकले ओरालो लागेर २१ सय ९३ दशमलव ४८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने चार सय २१ दशमलव १३ बिन्दुमा स्थिर रहेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट ५० हजार तीन सय ६५ पटकको कारोबारमा ७८ लाख १३ हजार एक सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार सात सय छ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये छ वटा समुहहरुको सुचक उकालो लागे सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x