Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु थापा र तामाङ पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरु थापा र तामाङ पक्राउ


काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुई जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल रुपाकोट घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीया माया बस्नेत थापा र काभ्रेको रोशी गाउँपालिका घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ गठाघर बस्ने ४२ वर्षीय गोर्खामान तामाङ रहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । ‘तीमध्ये तामाङलाई सोमबार भक्तपुरको गठाघरबाट र थापालाई सोमबार ललितपुरको बंगलामुखीबाट पक्राउ गरिएको हो’, प्रहरी उपरीक्षक कोइरालाले भने ।

वादी नेपाल सरकार र प्रतिवादी थापा भएको बिगो ९० लाख रुपैयाँ कायम बैंकिङ कसुरसम्बन्धी मुद्दामा थापाउपर उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । ‘सोपश्चात् फरार रहेकी थापालाई ललितपुरको बंगलामुखीबाट पक्राउ गरी मंगलबार आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाएका हौँ’, प्रहरी उपरीक्षक कोइरालाले भने । प्रतिवादी थापाले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरुलाई समेत वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको विषयमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी तामाङउपर पनि उच्च अदालत पाटनले छ लाख रुपैयाँ जरिवाना, तीन दिन कैद र २४ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भएको र सोपश्चात् फरार रहेका तामाङलाई भक्तपुरको गठाघरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x