काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका एक उपसचिवलाई घुसबापतको छ लाख रुपैयाँ र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लााख ५० हजार रुपैयाँसहित मंगलबार राजधानीको एउटा होटलबाट पक्राउ गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव प्रमोद नेपाल घुस र स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन् । उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको लागि अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रुपैयाँ घुस लिएका थिए । घुस लिनासाथ उनी पक्राउ परेका हुन् । घुस दिनेहरुले पहिला नै अख्तियारलाई खबर गरेर उनलाई घुस दिइने होटलमा बोलाएका थिए ।
उपसचिव नेपाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को मनकामना मार्गस्थित आरण्य होटलबाट पक्रउ परेका हुन् । छ लाख घुसहित पक्राउ परेपछि उनले चढ्ने सरकारी बा.१झ ९९४६ नम्बरको गाडीमा खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको थियो । उनले उक्त छ लाख रुपैयाँ घुस लिनुअघि अर्कै व्यक्तिसँग पनि घुस लिएको आशंका अख्तियारले गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले मंगलबार साँझ विज्ञप्ति जारी गरी उपसचिव नेपालमाथि थप अनुसन्धान भइरहेको जनाएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया