Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो स्मार्टफोन नै किन किन्ने ?

भिभो स्मार्टफोन नै किन किन्ने ?


काठमाडौं । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका सञ्चारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ । नेपालमा विशेष गरी, स्मार्टफोन टेक्नोलोजीको प्रभावले उपभोक्ताहरूका लागि उत्कृष्ट आविष्कारहरू ल्याउन एकअर्कासँग प्रतिस्पर्धा गर्ने स्मार्टफोन ब्रान्डहरूलाई जन्म दिएको छ, जसमध्ये भिभो पनि एक हो । भिभोले भी र वाई सिरिजअन्तर्गत नवीन डिजाइन र विशेषताहरू प्रदान गर्दै आइरहेको छ । साथै, ब्रान्डले आफ्नो क्यामेरा प्रणाली र अन्य नवीन विशेषताहरूको लागि नाम बनाउन सफल भएको छ । भिभोले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । उनीहरुसंग उल्लेखनीय सम्बन्ध निर्माण गर्दै आइरहेको छ, यसका टेवा पु-याउने शीर्ष कारणहरु यस प्रकार रहेका छन् ।

क्यामेरा : भिभोले प्रयोगकर्ताको आवश्यकताअनुसार क्यामेरा प्रणालीमा विविध विकल्पहरु प्रदान गर्ने स्मार्टफोनहरूको फराकिलो एरे ल्याएको छ । यसको नवीनतम भी२३ शृंखलामा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेरा छ, जसले स्थिर र सार्प इमेजिङ प्रदान गर्दछ । भिभो भी२१ सिरिज लगायत भी सिरिजका स्मार्टफोनहरुले नाइट फोटोग्राफीमा पनि निपूर्णता हासिल गरेका छन् । साथै भिभो भी सिरिजले यसको उन्नत फोटोग्राफी क्षमताहरूको लागि विश्वव्यापी रूपमा चर्चा पाइरहेको छ । वाई सिरिजका स्मार्टफोनहरु, यसको प्रभावकारिताका लागि बजारमा परिचित छन्, साथै यसले आशाजनक क्यामेरा प्रविधि प्रदर्शन गरिरहेको छ ।

डिजाइन : भिभोका उपकरणहरू गहन बजार अनुसन्धानको परिणाम हो । ब्रान्डको नवीनताहरु ग्राहकहरूको निरन्तर विकसित आवश्यकताहरूमा केन्द्रित छन् । बजारको प्रवृत्तिअनुसार नेपाली प्रयोगकर्ताहरू हल्का र स्लिम उपकरणहरु रोज्छन् । सहज ह्यान्ड–होल्ड अनुभूतिको लागि र ट्रेन्डी डिजाइनको साथ भिभोले ग्राहकहरूको मन जितिरहेको छ । हालै लन्च गरिएको भी२३ फाइभजीले कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनको साथमा उद्योगको पहिलो रङ परिवर्तन गर्ने गिलास भित्र्याएर स्मार्टफोन डिजाइनको परिभाषामा आमूल परिवर्तन ल्याएको छ ।

प्रदर्शन : भिभोले उच्च प्रदर्शनका लागि विशाल ब्याट्री ल्याएको छ यद्यपि यसको समग्र एपियरेन्स यथावत् छ । भी२३ सिरिज, वाई३३एस, वाई२१ जस्ता स्मार्टफोनमा शक्तिशाली ब्याट्री मात्र नभएर यसमा छिटो चार्ज गर्ने क्षमताहरू पनि छ, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनहरू द्रुत रूपमा चार्ज गर्ने सुनिश्चित गर्दछ । यसबाहेक, भिभोको विस्तारित -याम सुविधाले स्मार्टफोनलाई कुनै पनि समय, जहाँसुकै पनि सहज रूपमा काम गर्न अनुमति दिन्छ । भिभोले यार्मको रूपमा कार्य गर्न उपकरणमा उपलब्ध अतिरिक्त रोम स्पेस पनि प्रयोग गर्दछ । यो सुविधाले प्रयोगकर्ताहरूलाई बिना ढिलाइ एपहरूबीच स्विच गर्न र स्क्रिन फ्रिज नगरी गेमहरू खेल्न मद्दत गर्दछ ।

नवीनता : वर्षको सुरुवातमा, भिभोले भी१ चिप घोषणा गरेको थियो, जुन पूर्ण रूपमा अनुकूलित एकीकृत सर्किट चिप इमेजिङ र भिडियो अनुप्रयोगहरूमा अग्रणी एज भिजुअल गुणस्तरको लागि समर्पित छ, र कम्पनीले आर एण्ड डी र चिप डिजाइनमा महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । साथै, भिभोले यस क्षेत्रलाई फाइदा पु¥याउन फाइभजी टेक्नोलोजी प्रयोग गर्दै आएको छ र स्थानीय प्रयोगकर्ताहरूलाई उनीहरूको अनुभव वृद्धि गर्न उपलब्ध नवीनतम र उत्कृष्ट प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

ग्राहक सेवा : भिभोले स्थानीय प्रयोगकर्ताहरूलाई ग्राहक सन्तुष्टि सेवामा ध्यान दिँदै आइरहेको छ । भिभोले हरेक अंग्रेजी महिनाको २७ देखि २९ तारिखसम्म भिभो सेवा दिवस मनाउने गर्दछ । भिभोको ह्यान्ड्सेटमा लाइफ टाइम सफ्ट वेयर वारेन्टी रहेको छ । अन्य ब्रान्डले एक वर्षको वारेन्टी पिरियड दिँदै गर्दा भिभोले लाइफ टाइम सफ्टवेयर वारेन्टी दिएको छ । भिभो ब्रान्ड खरिद गरिएको एक महिनासम्म हार्डवेयरमा समस्या आएर पार्ट नै फेर्नुपरे नयाँ सेट नै रिप्लेस गरिन्छ ।

अन्य ब्रान्डको तुलनामा ५० प्रतिशत सस्तो स्पेयर्स पार्ट र नयाँ स्पेयर्स पार्ट्समा तीन महिना वारेन्टी दिइन्छ । विदेशबाट ल्याइएका भिभो सेटलाई पनि सर्भिसको व्यवस्था मिलाएको छ । काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरुमार्फत राष्ट्रिय स्तरका ग्राहकहरुमाझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x