मिर्मिरे लघुवित्तको नाफा २० करोड ८१ लाख
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा २० करोड ८१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले १९ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा दुई अर्ब ७४ करोड २३ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८३ करोड ४९ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५४ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५६ लाख २३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ८८ करोड ३५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड ७७ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर
- आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल
- बाढीपहिरोपीडितलाई भनेर दिइएको रकम पेरिसडाँडामै अपचलन !
- डेडिकेटेड र ट्रंक लाइनका विवादित ग्राहकले महसुल बुझाउनुपर्ने
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया