अभियान लघुवित्तले साधारण सेयर जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले नौ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले यही साउन १८ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी नौ लाख ७५ हजार कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
बिक्री गरिने कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० र अधिकतम तीन सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी ३० करोड, जारी पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको संस्थाको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही साउन २२ गते र ढिलोमा भदौ एक गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया