Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबीपीको नाफा १४ वर्षयताकै उच्च

बीपीको नाफा १४ वर्षयताकै उच्च


लण्डन । बेलायती इन्धन कम्पनी बीपीको त्रैमासिक नाफा १४ वर्षयताकै उच्च भएको छ । कच्चा तेल र ग्यासको मूल्य बढ्दा कम्पनी ठूलो नाफामा गएको हो ।

अप्रिल र जुनको बीचमा कम्पनीले आठ अर्ब ४५ करोड अमेरिकी डलर नाफा कमाएको बीबीसीले जनाएको छ । जुन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तेब्बरले बढी हो । यो जाडोयाममा सामान्य घरपरिवारको ऊर्जा बिल वर्षको तीन हजार छ सय पाउन्ड स्टर्लिङ नाघ्ने अनुमान भइरहेका बेला कम्पनीको यस्तो तथ्यांक बाहिर आएको हो ।

धेरै नाफा कमाएसँगै कम्पनीमाथि धेरै कर तिराएर समस्यामा परेका परिवारलाई सहयोग गर्नुपर्ने आवाज समेत उठ्नथालेको छ । कम्पनीको इतिहासमा नै यो दोस्रो ठूलो नाफा भएको बताइएको छ । त्यस्तै अन्य कम्पनीहरु शेल, इक्विनर, टोटलइनर्जिज र ब्रिटिस ग्यासको स्वामित्वकर्ता सेन्ट्रिकाले पनि नाफा घोषणा गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x