Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाको चामत्कारिक मुद्दती खातामा २१ लाखको बीमा

एनआईसी एसियाको चामत्कारिक मुद्दती खातामा २१ लाखको बीमा


काठमाडौं, फागुन १२
एनआईसी एसिया बैंकले चामत्कारिक मुद्दती खातामा २१ लाखको बीमा सुविधा उपलब्ध गराएको छ । बैंकले न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रूपैयाँसम्मको अतुलनीय बीमा सुविधा उपलब्ध गराएको हो । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा साच्चै चामत्कारिक छ ।

सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाइ छ । तर यस बैंकको न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज मात्रै उपलब्ध नभई बीमा सुविधासमेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो खातामा ग्राहकहरूले उच्च ब्याजदरसँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नुहुनेछ । यस योजनाअन्तर्गत खाता खोल्नुभएका ग्राहक महानुभावहरूले जीवनमा आइपर्नसक्ने अकल्पनीय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चामत्कारिक बीमा सुविधा पाउनुहुनेछ ।

यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूको लागि १० लाखसम्म र एक लाखसम्मको औषधि उपचार बीमा सुविधासमेत उपलब्ध छ । यसैगरी औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपिडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ ।

उक्त ओपीडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्चजस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्चलगायतका खर्चहरूबापत २० हजारसम्मको भरपाई गर्नेछ । एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरूको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म एक सय दुुई जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन् ।

सामान्यतयाः यदि ग्राहकवर्गले २१ लाखसम्मको बीमा आफैँले गर्न परेमा करिब १४ हजाार रूपैयाँबराबरको बीमा शुल्क बुझाउन पर्नेहुन्छ । तर, यस न्यू सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई करिब १४ हजार रूपैयाँको फाइदा पुग्नेछ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ४५ एटीएम, एक सय तीनवटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेसीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x