Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यकामा पुनः ‘नो हर्न’ अभियान सुरु

उपत्यकामा पुनः ‘नो हर्न’ अभियान सुरु


काठमाडौं । काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आइतबार एक कार्यक्रमका बीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एक–अर्काको सवारीसाधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए । ‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आइतबारदेखि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

हर्नले ध्वनि प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौँ महानगर प्रमुख शाहले जनाए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x