Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरी समायोजनका लागि मधेश सरकारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

प्रहरी समायोजनका लागि मधेश सरकारको प्रधानमन्त्रीलाई ध्यानाकर्षण


जनकपुर । प्रहरी समायोजनका लागि विगत लामो समयदेखि प्रयासरत मधेश प्रदेश सरकारले प्रदेशप्रमुखमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । प्रदेश सरकारका मन्त्रीहरूले आइतबार संयुक्तरूपमा प्रदेशप्रमुख हरिशंकर मिश्रमार्फत प्रहरीको समायोजन शीघ्ररूपमा हुनुपर्ने माग गर्दै प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

यसअघि पनि मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरूले साउन ६ गते प्रधानमन्त्री देउवालाई नै भेटेर शीघ्र प्रहरी समायोजनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर संघीय सरकार गम्भीर नभएको भन्दै प्रदेश सरकारले पुनः ध्यानाकर्षण स्वरूप पत्र बुझाएको गृह तथा सञ्चारमन्त्री साहले जानकारी दिए । साहले संघीय संसद्बाट पारित भएको प्रहरी कर्मचारी समायोजन ऐन २०७६ एवं नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी ऐन २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेकाले शीघ्ररूपमा प्रहरी समायोजन हुनुपर्ने माग गरे । उनले संविधानको धारा २६८ ले प्रदेश प्रहरीको संगठन व्यवस्थापन गरेको तथा संविधानकै अनुसूची ६ को क्रम संख्या १ मा शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूचीभित्र उल्लेख रहेकाले संविधानको कार्यान्वयन तथा प्रदेशमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि चुनावपहिले नै प्रहरी समायोजन हुनुपर्ने माग गरे ।

प्रदेशप्रमुखलाई ज्ञापनपत्र दिनका लागि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, विभिन्न दलका प्रदेशसभाका सदस्यहरू पुगेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x