‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
काठमाडौं । विगत डेढ दशकदेखि सर्वसाधारणलाई गुणस्तरीय र सुरक्षित सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंकले यही साउन २१ गते थप आकर्षक मुद्दती योजना ‘सिटिजन्स चिरायु मुद्दती योजना’ तथा ‘रेमिट्यान्स चिरायु मुद्दती योजना’ खाताको शुभारम्भ गरेको छ । यी मुद्दती योजनाहरू बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित तीनदिने लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डिङ कनक्लेभ भन्ने एक कार्यक्रमका बीच आजको मितिदेखि नै आरम्भ भएको घोषणा गरेका हुन् । शाखा प्रबन्धकहरू त्था वरिष्ठ व्यवस्थापकहरूलाई चितवनको सौराहमा सम्बोधन गर्दै बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैंकलाई अब्बल बनाउने घोषणा पनि गरेका छन् ।
सिटिजन्स चिरायु मुद्दती योजना योजनाअन्तर्गत आदरणीय ग्राहकहरूले १३ वर्ष चार महिनादेखि २२ वर्ष एक महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात् एकमुस्टरूपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । तथा रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहक महानुभावहरूले १२ वर्ष तीन महिनादेखि २० वर्ष तीन महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा ब्याजबापत लाग्ने करपश्चात् एकमुस्ट रूपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनुहुनेछ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरूले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम ५० हजार मौज्दातमा खोल्न पाउन सक्नेछन् । यस मुद्दती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिट्यान्स ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै उनले ग्राहकहरूको वित्तीय आवश्यकताहरू सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैंकले आफ्नो वेबसाइटमार्फत स्मार्ट सर्भिसेज सेवा समेत सुचारु गरेको कुरा व्यक्त गरे । यस सेवाअन्तर्गत आफ्ना ग्राहकहरूले बैंकको वेबसाइटमार्फत नै विभिन्न कार्डसम्बन्धी सेवाहरू मोबाइल र ई–बैकिङसम्बन्धी सेवाहरू सेयरसम्बन्धी सेवाहरू तथा क्यूआरसम्बन्धी सेवा सहजताका साथ प्राप्त गर्न सक्नेछन् । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया