Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु


काबुल । अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८ हजारभन्दा बढी संक्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् ।

प्रदूषित पानी र स्वास्थ्य सेवामा कमजोर पहुँचका कारण कुल १८ हजार मानिस हैजाबाट प्रत्यक्ष प्रभावित भएको प्रान्तीय जनस्वास्थ्य विभागका कार्यवाहक निर्देशक अब्दुल घानी समिमले पत्रकारहरूलाई बताएका छन् । ।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को आर्थिक सहयोगमा स्थानीय अधिकारीहरूले यस प्रान्तमा सार्वजनिक स्वास्थ्य आपत्कालीन अवस्थाको सामना गर्न विभिन्न किसिमका पाँचवटा प्रतिक्रिया टोलीहरू स्थापना गरेको पनि अधिकारीले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x