अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
नयाँ दिल्ली । आर्थिक संकटबाट गुज्रिरहेको स्पाइसजेटविरुद्ध हवाइ नियामक डीजीसीएले अनुसन्धान थालेको छ । प्राविधिक कमजोरीका कारण कम्पनीले आगामी आठ हप्तासम्म ५० प्रतिशत उडान गर्न नपाउने भएको हो ।
डीजीसीएले यो आठ हप्तामा कम्पनीमाथि निगरानी गर्ने जनाएको छ । यहीबीच कम्पनीको हैदरावादबाट दिल्ली आएको विमानबाट केही यात्रु शनिबार राति विमानस्थलको रनवेमै ओर्लिनुपरेको छ । एयरलाइन्सको उनीहरुलाई टर्मिनलसम्म लैजान ४५ मिनेटसम्म पनि बस नआएपछि यात्रुहरु रनवेमै ओर्लिनुपरेको हो ।
स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको समाचारअनुसार डीजीसीएले यो घटनाबारे जाँच गरिरहेको छ । कम्पनीले भने बस आउन केही ढिला भएको बताउँदै बस आएपछि यात्रुलाई टर्मिनल भवनसम्म लगेको बताएको छ । कम्पनीका कर्मचारीले बारम्बार अनुरोध गर्दा पनि केही यात्रुले जबर्जस्ती ओर्लिएको कम्पनीको भनाइ छ । तर केही यात्रु ओर्लिँदै गर्दा बस आएकाले सबैलाई बसबाटै टर्मिनल भवन लगिएको कम्पनीले दाबी गरेको छ । यात्रुहरु रनवेमा हिँड्न पाउँदैनन् ।
स्पाइसजेट भारतको तेस्रो ठूलो कम्पनी हो । कम्पनीको साढे नौ प्रतिशत बजार हिस्सा छ । कम्पनी पछिल्लो १७ वर्षयता उडान भर्दै आएको छ । तर पछिल्ला दिनमा कम्पनीमाथि धेरै किसिमको समस्यामा छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया