Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई दर्जन बढी लघुवित्तद्वारा वित्तीय विवरण प्रकाशनमा ढिलाइ

दुई दर्जन बढी लघुवित्तद्वारा वित्तीय विवरण प्रकाशनमा ढिलाइ

सञ्चालनमा रहेका ६७ मध्ये ४१ वटाको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक


काठमाडौं । दुई दर्जन बढी लघुवित्तहरुले वित्तीय विवरण प्रकाशनमा ढिलाइ गरेका छन् । सञ्चालनमा रहेको सबैजसो वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्दा झण्डै दुई दर्जन लघुवित्त संस्थाहरुले भने अझैसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

क्षेत्रीय, राष्ट्रिय, जिल्लागत र प्रदेशगत समेत गरी ६७ वटा लघुवित्तहरुले लघुवित्तसम्बन्धी कारोबार सञ्चालन गर्दै आएकोमा हालसम्म ४१ वटाले मात्र आव २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार अझै २६ वटा लघुवित्त संस्थाहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ । वित्तीय विवरण सार्वजनिक गरेकाहरुमध्ये आरएसडीसी लघुवित्तले आव २०७८/०७९ मा १३ करोड ५२ लाख दुई हजार ७१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा भने उक्त संस्थाको यस्तो नाफा नौ करोड १० लाख ७५ हजार २७ रुपैयाँ थियो । मिथिला लघुवित्तले भने आव २०७८/०७९ मा सात करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा उक्त संस्थाको यस्तो नाफा छ करोड ४९ लाख ३९ हजार रुपैयाँ थियो ।

कालिका लघुवित्तले पनि पछिल्लो आवमा १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा पाँच करोड ५२ लाख १६ हजार रुपैयाँ थियो । ग्लोबल आईएमई लघुवित्तले भने आव २०७८/०७९ मा २५ करोड पाँच लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ थियो । एनआईसी एसिया लघुवित्तले भने आव २०७८/०७९ मा ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ४७ करोड चार लाख नौ हजार रुपैयाँ रहेको थियो । सृजनशील लघुवित्तले पनि आर्थिक वर्ष २०७८/०७९ मा चार करोड २९ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाका यस्तो नाफा छ करोड ५७ लाख ३९ हजार रुपैयाँ थियो । मिर्मिरे लघुवित्तले पनि आव २०७८/०७९ मा २० करोड ८१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा मिर्मिरेको यस्तो नाफा १९ करोड २७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

सीवाईसी नेपाल लघुवित्तले भने आव २०७८/०७९ मा आठ करोड तीन लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त संस्थाको यस्तो नाफा पाँच करोड १८ लाख रुपैयाँ थियो । आशा लघुवित्त पनि आव २०७८/०७९ मा १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ३० लाख ३५ हजार रुपैयाँ थियो । साधना लघुवित्तले पनि आव २०७८/०७९ मा ११ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ थियो ।

सूर्योदय वोमी लघुवित्तले पनि आव २०७८/०७९ मा १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ थियो । नाडेप लघुवित्तले आव २०७८/०७९ मा ११ करोड ४० लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा नाडेपको यस्तो नाफा १६ करोड छ लाख १८ हजार रुपैयाँ थियो । जाल्पा सामुदायिक लघुवित्तले भने आव २०७८/०७९ मा नौ करोड ८६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो जाल्पाको यस्तो नाफा १० करोड ३४ लाख ८५ हजार रुपैयाँ थियो । छिमेक लघुवित्तले पनि आव २०७८/०७९ मा एक अर्ब तीन करोड २२ लाख ८३ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा भने संस्थाको यस्तो नाफा एक अर्ब ३१ करोड ३८ लाख ५५ हजार रुपैयाँ थियो । समता घरेलु लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा सात करोड ९७ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा भने समताको यस्तो नाफा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ थियो । महिला लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा महिलाको यस्तो नाफा नौ करोड २९ लाख ८२ हजार रुपैयाँ रहेको थियो । गणपति लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ८६ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो । सपोर्ट लघुवित्तले आव २०७८/०७९ मा दुई करोड १० लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड २३ लाख सात हजार रुपैयाँ थियो । नेरुडे लघुवित्तले भने आव २०७८/०७९ मा २३ करोड ३० लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १८ करोड २३ लाख ४८ हजार रुपैयाँ रहेको थियो । आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा सात करोड तीन लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख ५८ हजार रुपैयाँ थियो ।

स्वाभिमान लघुवित्तले पनि आव २०७८/०७९ मा पाँच करोड २७ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा पाँच करोड २३ लाख ५० हजार रुपैयाँ थियो । राष्ट्र उत्थान लघुवित्तले पछिल्लो आवमा छ करोड ४५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ७१ लाख नौ हजार रुपैयाँ रहेको थियो । जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त संस्थाको यस्तो नाफा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ थियो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १५ करोड दुई लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ थियो । समिट लघुवित्तले आव २०७८/०७९ मा १४ करोड ५३ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ११ करोड ९८ लाख तीन हजार रुपैयाँ थियो । गुराँस लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड २७ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड २० लाख ६४ हजार रुपैयाँ थियो । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड १९ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा नेष्डोको यस्तो नाफा १२ करोड ९७ लाख ५३ हजार रुपैयाँ थियो । आँधीखोला लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा चार करोड ५५ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड १० लाख ५७ हजार रुपैयाँ रहेको थियो । नयाँ सारथि लघुवित्तले पनि आव २०७८/०७९ मा सात करोड ९० लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड २० लाख ९६ हजार रुपैयाँ थियो । ग्रामीण विकास लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ मा १९ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ३५ करोड ९५ लाख ९२ हजार रुपैयाँ थियो । स्वरोजगार लघुवित्तले पनि आव २०७८/०७९ मा २० करोड २६ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १५ करोड ४३ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

Open photo

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्तले पनि आव २०७८/०७९ मा ८४ करोड ५३ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने उक्त संस्थाको यस्तो नाफा ५१ करोड तीन लाख ३४ हजार रुपैयाँ थियो । आदर्श लघुवित्तले पनि आव २०७८/०७९ मा ६८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ९९ हजार रुपैयाँ थियो । युनिट नेपाल लघुवित्तले भने आव २०७८/०७९ मा नौ करोड एक लाख सात हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा भने युनिकको संस्थाको यस्तो नाफा सात करोड ६७ लाख १४ हजार रुपैयाँ थियो । निर्धन उत्थान लघुवित्तले पनि आव २०७८/०७९ मा एक अर्ब दुई करोड ८२ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक अर्ब १८ करोड ८८ लाख १७ हजार रुपैयाँ थियो । लक्ष्मी लघुवित्त र डिप्रोक्स लघुवित्तले भने पछिल्लो अवधिमा क्रमशः १६ करोड सात लाख २३ हजार र ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी संस्थाहरुको यस्तो नाफा क्रमशः १९ करोड ७१ लाख ४९ हजार र ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ थियो । यीबाहेकका अन्य संस्थाहरुले भने अझैसम्म पनि अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x