पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गर्ने बताएका छन् । पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्न पुगेका उनले चालू आर्थिक वर्षभित्रै प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए ।
पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफूले प्राथमिकतामा राखेको श्रेष्ठले बताए । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच हालै भएको सम्झौताअनुरूप प्रदेशमा प्रतिष्ठान शाखा विस्तारको तयारी गरिएको हो । संघीयताको मर्मअनुसार प्रतिष्ठानको सेवा विस्तार गरी प्रदेशस्तरमा पर्यटन शिक्षाको पठनपाठन सुरु गर्नेगरी मन्त्रालयले योजना अगाडि बढाएको मन्त्री श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीसहितको टोलीले सम्भावित स्थानको अवलोकन गरेका हुन् । महानगर प्रमुख आचार्यले सम्भावित स्थानको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पढाइले पर्यटन उद्योगलाई चाहिने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन हुने विश्वास गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया