Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभीमदत्त नगरपालिकाले कृषि प्रदर्शनी गर्ने

भीमदत्त नगरपालिकाले कृषि प्रदर्शनी गर्ने


महेन्द्रनगर, फागुन १३
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उत्पादनको प्रदर्शनी प्रतियोगिता आयोजना गर्नेभएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना र भीमदत्त नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको १३औं सुदूरपश्चिमाञ्चल औद्योेगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ को अवसर पारेर भीमदत्त नगरपालिकाले कृषि उत्पादनको प्रदर्शनी गर्ने भएको हो ।

उक्त प्रदर्शनीको प्रतियोगितामार्फत पुरस्कृत गरिने भीमदत्त नगरपालिकाका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेयले बताए । उनका अनुसार फागुन १२ गतेदेखि १४ गतेसम्म मेलाको प्रदर्शनीमा सहभागी हुन चाहने किसानले आफ्नो उत्पादनसहित नाम दर्ता गराउन सक्नेछन् । उक्त उत्पादनलाई १४ गते विभिन्न प्राविधिक विज्ञ टोलीको समिति बनाई उक्त टोलीद्वारा उत्पादनको मूल्यांकन गरिने छ । टोलीले गरेको मूल्यांकनका आधारमा उत्कृष्ट हुने चार जना किसानलाई पुरस्कृत गरिनेछ । उक्त मूल्यांकन विभिन्न नौवटा विधामा गरिने अधिकृत पाण्डेयले बताए ।

प्रतिस्पर्धा गरिने नौवटा विधाहरूका बाली एवं पशुपन्छी समूह, खाद्यान्न बाली समूह, तरकारी बाली समूह, फलफूल बाली समूह, दाल बाली समूह, तरकारी बाली समूह, नगदेबाली समूह, आलु बाली समूह, स्थानीय पन्छी पालन समूह, बोका पालन समूह र विविध बाली समूहमा रहेका छन् । यी सबै नौवटा बाली समूहमा छुट्टाछ्ट्टै प्रतिस्पर्धा गराई सबै समूहमा उत्कृष्ट किसानहरूमध्येबाट चार जना किसानलाई पुस्कृत गरिनेछ ।

मेलामा प्रदर्शनीका लागि ल्याइएको उत्पादन स्थानीय र किसान स्वयंद्वारा उत्पादित हुनुपर्ने प्रावधान राखिएको छ । कम्पोष्ट मलको प्रयोग गरी गरिएको उत्पादन, विभिन्न प्रकारका बिउबीजन प्रणाली, तथा उत्पादन गरिएको राम्रो उत्पालनलाई प्रदर्शनीमा ल्याउन सक्ने बताइएको छ । उक्त प्रतियोगिताका समूहमा प्रथम हुनेलाई नगर दुई हजार र प्रमाणपत्र द्वितीय हुनेलाई १५ सय, तृतीय हुनेलाई एक हजार र शान्त्वना हुनलाई पाँच सय पुरस्कारसहित प्रमाण पत्र दिइने जनाइएको छ । उक्त प्रतियोगितामा भीमदत्त नगरपालिकाभित्रका किसान व्यवसायीहरूले मात्रै सहभागी हुन पाउने पाण्डेयले बताए ।

किसानहरूलाई कृषि पेशातिर आकर्षित गर्न र उनीहरूलाई पेशाप्रति पुरोत्साहित गराउन र कृषि व्यवसायलाई फस्टाउनमा प्रवर्द्धन गर्ने मेलामा प्रतियोगिता आयोजना गरिएको बताएका छन् । नगरपालिकाले उक्त मेलाको कृषि प्रदर्शनी प्रतियागिताका लागि जम्मा एक लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले नाम दर्ता गराउनका लागि मेलाभित्र डेस्कको स्थापना गरिसकेको बताएको छ । मेलामा सोमबारदेखि नै नाम दर्ता गर्नसमेत आह्वान गरेको छ । नगरपालिकाले कृषि प्रदर्शनीलाई विशेष महत्व दिएइको कृषि शाखाका अधिकृत पाण्डेयले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x