Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरूलाई समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरू दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् बैंकका कार्डवाहकहरूले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डवाहकहरूले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरूको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरूमा जस्तैः मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको भुक्तानीलगायतका सेवाहरूको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहकहरूले मोकोमार्फत स्क्यान गरी १५ सयभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्न मिल्नेछ ।

यससँगै बैंकका कार्डवाहकहरूले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरूको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहक महानुभावहरूले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ । हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x